प्रधानमन्त्री साह संसद्को अंग हो कि होइन? : केसीको प्रश्न
डेटूडे खबर डेस्क
०७ जेठ २०८३
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गृहमन्त्रीको समेत भूमिकामा रहेका प्रधानमन्त्री संसद्को अंग हो कि होइन भनी प्रश्न गरेका छन्।
बिहीबारको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर सांसद केसीले मनसुनको पूर्वानुमानअनुरूप विपद्को तयारी थाल्नुपर्नेमा सरकारले त्यो काम नगरेको बताएका हुन्। उनले विशेषगरी गृहमन्त्रीको भूमिकामा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले त्यसतर्फ ध्यान नदिएको बताए ।
प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ। गृह मन्त्रालयले यसलाई गम्भीरतापूर्व लिनुपर्ने विषय हो। उहाँ (प्रधानमन्त्री) स्वयं आफू संसद्को अंग हो कि होइन सभामुखजी, मैले चाहिँ थाहा पाएको छैन’, उनले भने, ‘उहाँ छुट्टै साम्राज्यको वा टापुको सम्राट हो कि संसद्को अभिन्न अंग हो संसद्को ध्यानाकर्षण गर्छु।’
