मेघगर्जनसहित भारी वर्षाको सम्भावना
न्यूज डेस्क
२० आषाढ़ २०८०
काडमांडौँ। मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।
देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षा हुने बताइएको छ ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।