धनुषाको जलाद नदीमा पुल निर्माणको माग गर्दै प्रदर्शन

  डेटूडे खबर डेस्क
  ०३ माघ २०८०

                            

जनकपुरधाम। अलपत्र निर्माणधीन पुल यथाशीघ्र निर्माणको माग गर्दै धनुषाको सखुवा महेन्द्रनगरमा स्थानीयले बुधबार (आज ) प्रदर्शन गरेका छन् ।

मिथिला मध्यमा परिक्रमा सडक अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका-७ इच्छापुरस्थित जलाद नदीमा सात वर्षदेखि अलपत्र निर्माणाधीन पुललाई यथाशीघ्र निर्माणको माग गर्दै प्रदर्शन भएको हो ।

निर्माणधीन पुल स्थलबाट स्थानीय राजनीतिक दल तथा युवाले निकालेको विरोध जुलुस सखुवा महेन्द्रनगरमा जनकपुरधाम ढल्केवर सडक खण्डमा आधा घण्टा चक्काजाम गरेका छन् ।

दिउँसो पौने १२ बजेदेखि आधा घण्टा दबाब स्वरुप सडक अवरुद्ध गरेको नेकपा एकीकृत समाजवादीका मेयरका प्रत्यासी शिवकुमार महतोले जानकारी दिए ।यथासिघ्र पुल निर्माण नभए अगामी दिनमा अझ थप शसक्त आन्दोलन गर्न बाध्य हुने स्थानीयले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट