अयोध्या जाने रेल सेवा रद्द

  डेटूडे खबर डेस्क
  ०६ माघ २०८०

                            

जनकपुरधाम । जनकपुरधामबाट श्रद्धालु बोकेर अयोध्या जाने भनिएकाे रेल सेवा रद्द भएको छ ।

भारत अयोध्याको सुरक्षा सँयन्त्रले रेलबाट श्रद्धालु ल्याउन अनुमति नदिएपछि जनकपुरधामबाट भोली आइतबार विहान ६ बजे अयोध्याको लागि प्रस्थान हुने भनिएको रेल सेवा रद्द भएको नेपाल रेल्वेका प्रमुख प्रशासकिय सहायक रञ्जित ठाकुरले जानकारी दिए ।

अयोध्याबाट सुरक्षा सँयन्त्रले सुरक्षाको कारण देखाउँदै अनुमति नदिएपछि रेल सेवा रद्द भएको जनाईएको छ । 

दिउँसैदेखि भारतबाट आउने रेल जनकपुरधामबाट यात्रु लिएर अयोध्या जाने कार्यक्रम तय भएको थियो । भाडादर साधारणको १ हजार, एसी ३ को २ हजार र एसी २ को ३ हजार रुपैयाँ तय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट