जनकपुरमा स्कुल बसले ठक्कर दिँदा एक महिलाको मृत्यु, एक बालकसहित ६घाइते

  डेटूडे खबर डेस्क
  २० फाल्गुण २०८०

                            

जनकपुरधाम ।  जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीकाे भनाई अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।

जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा आज बिहान प्र२-०२-००१क ०४३१  नम्बरको एंजल्स स्कुलको बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।घाइतेहरुमा स्थानीय पशुपति देवी यादव, अम्बिका झा, भुवनेश्वरी झा, ममता देवी, बलकिया देवी र बालक सोनु कुमार साह छन् ।

उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा  उपचार भइरहेको छ । विवाहको लागि मटकोरको माटो पोखरीबाट महिलाहरु ल्याउन गइरहेको बेला तिव्रगतिमा रहेको स्कुल बसले ठक्कर दिएको स्थानीयले बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट