महोत्तरीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  २१ फाल्गुण २०८०

                            

महोत्तरी । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय जीपले ठक्कर दिँदा दुई जनाको मृत्यु भएकाे छ भने  एकजना घाइते भएका छन् । मृत्यु

हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको  जीपले गएराति पिपरा–१ सडकखण्डमा एउटा ट्याक्टर र साइकललाई ठक्कर दिएको थियो । जीपकाे ठक्करबाट ट्याक्टरमा पछाडि बसेका राइन र साइकलयात्री यादवको मृत्यु भएकाे हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट