प्रत्येक बर्ष झैं यस बर्ष पनि श्रधालु भक्तजनहरुको सेवा गर्ने उदेशले हेल्प डेस्क संचालन

  डेटूडे खबर डेस्क
  २८ फाल्गुण २०८०

                            

जनकपुरधाम । सेवा नै धर्म हाे नाराका साथ नेपाल भारत खुला सिमा संबाद समूह प्रत्येक बर्ष झैं यस बर्ष पनि परिक्रमामा आउने श्रधालु भक्तजनहरुको सेवा गर्ने उदेशले हेल्प डेस्क संचालन गरेकाे छ।

नेपाल भारत खुल्ला सिमा संबाद समुहको केन्द्रिय अध्यक्ष राजीव झाको अध्यक्षतामा आइतबार मिथिला परिक्रमाको पहिलो दिन जनकपुरधामको हनुमान नगरमा  हेल्प डेस्क शिबिर  सञ्चालन गरिएकाे थियाे । 

हेल्प डेस्क शिबिरमा नेपाल सरकारको पुर्ब उपप्रधानमन्त्री तथा रास्ट्रीय मुक्ति क्रान्तिको संयोजक माननीय राजेन्द्र महतोको प्रमुख उपस्थिति रहेको थियो संगै हिन्दी अभियानी रमण पान्डे,पर्सा जिल्लाको चर्चित नेता निजामुद्दिन समानी,काठमाडौँ महानगरपालिकाको मेयर प्रत्यासी सुमन साइमी,उपाध्यक्ष शैलेन्द्र झा,केस कृष्ण कुमार साह,पत्रकार पुरण गुप्ता सहितको विशेष सहभागीता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट