ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ३० फाल्गुण २०८०

                            

सिन्धुली। सिन्धुलीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्य भएकाे छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीको हरिवन नगरपालिका–७ का ३० वर्षका रिद्दिबहादुर मिरिङसिङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका—१३ रानिबासमा कटारीबाट भिमानतर्फ गुडिरहेको ट्रक र विपरीत दिशाबाट गुडिरहेको मोटरसाइकल ठोक्किएका हुन् ।

ट्रक चालक महोत्तरीको गौशला नगरपालिका १ बस्ने ४१ वर्षीय जितबहादुर आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट