सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

  डेटूडे खबर डेस्क
  ०१ चैत्र २०८०

                            

काठमाण्डौँ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख २५ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको आइतवार तोलाको एक लाख २६ हजार रुपैयाँ पुगेर सुनकाे भाउ अहिलेसम्मकै उच्च भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँ बढेर एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट