धनुषाधाम वनमा भिषण आगलागि

  डेटूडे खबर डेस्क
  ०१ चैत्र २०८०

                            

जनकपुरधाम । धनुषाधाम स्थित संरक्षित वनमा भिषण आगलागि भएको छ। आज दिउँसो मात्र लागेको आगो अहिले अनियन्त्रित भई फैलिएको छ ।

आगो नियन्त्रण गर्न अहिले धनुषाधाम नगरपालिका, जनकपुरधाम उपमहागनरपालिका र गणेशमान चारनाथ नगरपालिकाको वारुण यन्त्रको प्रयोग गरि आगाे निभाउने प्रयास भइरहेको छ ।

धनुषाधाम संरक्षित वनसँगै रहेको धनुषाधाम बजारमा समेत आगो फैलिन सक्ने सम्भावना बढ्दै गएपछि स्थानियमा त्रास फैलिएको छ।

वनमा लागेको आगो तीव्र गतिमा बजार तर्फ बढीरहेकोले अन्य विभिन्न पालिकाहरु, अन्तर जिल्लाहरुबाट समेत बारुण यन्त्र बोलाएको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले बताए । उनले धनुषा, सिरहा, महोत्तरीको विभिन्न स्थानबाट बारुण यन्त्र यथाशिघ्र पठाउनको लागि अनुरोध गरिएको बताए ।

समयमै आगो नियन्त्रणमा नआए बस्तीमा फैलिन सक्ने सम्भावना बढदै गएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली समेत पुगेर आगो निभाउने प्रयास जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट