जनकपुरधाममा जलेको अवस्थामा एक युवती र बालिकाको शव फेला

  डेटूडे खबर डेस्क
  ०६ वैशाख २०८१

                            

जनकपुरधाम । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । जलेकै अवस्थामा भेटिएकी आठ महिनाकी बालिकाको उपचारको क्रममा ज्यान गएको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गएराति युवतीको शव जलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार युवतीको शव नजिकै रहेकी एक बालिकाको पनि जीवितै उद्धार गरिएको थियो । तर जीवितै उद्धार गरिएकी बालिकाको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ ।

ज्यान गुमाउने युवती महोत्तरी मनरासिसवाकी अन्दाजी २२ वर्षीया प्रियंका महतोको रहेको डीएसपी अवाले बताए । युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट