जसपा नेपालको महाधिवेशन आजबाट

  डेटूडे खबर डेस्क
  २८ जेठ २०८१

                            

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन २८ जेठ साेमबार अर्थात् आजबाट जनकपुरमा सुरु हुँदैछ । महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जसपाले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिहरू आउने क्रमदेखि अतिथिहरूको व्यवस्थापनसम्मको काम सकिएको जसपा नेपालले जानकारी दिएको छ ।

 

२० हजारभन्दा बढी नेता-कार्यकर्ता सहभागी हुने जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए । उनका अनुसार महाधिवेशनका १३ सयभन्दा बढी प्रतिनिधि छनोट गरिएको छ ।
आज दिउँसो उद्घाटन सत्र पश्चात् साँझादेखि बन्दसत्र सुरु हुने छ । जसमा पार्टीको दस्तावेज, नीति कार्यक्रम प्रस्तुत गरिने छ ।
नयाँ नेतृत्व चयनका लागि ३० गते निर्वाचन सत्र सुरु हुने छ । २०१ सदस्य केन्द्रीय नयाँ केन्द्रीय समिति चयन गर्ने छ ।
हाल विधान अनुसार १५१ सदस्य केन्द्रीय समिति गर्ने प्रावधान छ । तर, विधान संशोधनको प्रस्ताव दर्ता भएकाले पारित भएर केन्द्रीय समिति २०१ सदस्यको बनाइने छ । त्यस अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत २०१ सदस्य चयन गर्ने तयारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट