दक्षिण अफ्रिकासँग अमेरिका पराजित

  डेटूडे खबर डेस्क
  ०७ आषाढ़ २०८१

                            

एजेन्सी । दक्षिण अफ्रिकाले आईसीसी टि ट्वान्टी विश्वकप को पहिलो सुपर एटको खेलमा अमेरिकालाई १८ रनले हराएको छ ।

१ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए ।

हरमित सिंहले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए । स्टिभन टेलर २४, नितेश कुमार ८ र कोरी एन्डरसनले १२ रनमा आउट भए ।

छैटौं विकेटका लागि हरमित र गौसले ४३ बलमा ९१ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए।

अमेरिकालाई जितको लागि अन्तिम १२ बलमा २८ रन चाहिँएको थियो । कागिसो रबाडाको १९ औं ओभरको पहिलो फुलटस बललाई ठूलो सट खेल्ने धुनमा हरमीत सिंह मिडविकेटमा स्टब्सबाट क्याच आउट हुनु खेलको टर्निङ प्वाइन्ट बन्यो ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३, केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । विकेटकिपर क्विन्टन डि ककले ४० बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।

कप्तान एडेन माक्ररम ३२ बलमा ४ चौका र १ छक्कासहित ४६ रनमा आउट भए । ओपनर रिजा हेन्ड्रिक्स टप एज लागेर मिडअफमा क्याच आउट हुँदा दक्षिण अफ्रिका २.४ ओभरमा १६-१ को अवस्थामा थियो । दोस्रो विकेटका लागि डिकक र माक्ररमले १ सय १० रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

हेनरिक क्लासेन २२ बलमा ३ छक्कासहित ३६ रनमा नट आउट रहे । ट्रिस्टन स्टब्स १६ बलमा २ चौकासहित २० रनमा नट आउट रहे । अमेरिकाका हरमित सिंह र सौरभ नेत्रवालकरले समान २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट