जसपा नेपालद्वारा २ सय १५ सदस्यीय केन्द्रीय समिति गठन

डेटूडे खबर डेस्क
२८ आषाढ़ २०८१
जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति गठन गरेको छ ।
जसपा अध्यक्ष यादवले २ सय १५ जना केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेका हुन् । ९ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष यादव, रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमारसिंह यादव, मनीषकुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापा सदस्य ररेका छन् ।
अशोक राई समूहले पार्टी विभाजन गरेपछि यादव पक्षले जेठ २८, २९ र ३० गते जनकपुरमा महाधिवेशन गरेको थियो ।