बलिउड अभिनेता सुनिल शेट्टी नेपाली फिल्ममा

  डेटूडे खबर डेस्क
  ०६ कार्तिक २०७८

                            

जनकपुरधाम । बलिउड अभिनेता सुनिल शेट्टीले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् ।

उनले मुकुन्द भट्टको निर्देशनमा तयार हुने फिल्म ‘एक्स नाइन’ मा अभिनय गर्ने तय भएको हो ।

यसबारे निर्देशक भट्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सुनिललाई टीममा स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्दै छिट्टै वृहत रुपमा घोषणा गर्ने बताएका छन् । ‘तपाईसँग निर्देशकको रुपमा काम गर्न पाउनेमा खुशी छु, स्वागत छ हाम्रो नेपालमा’ भट्टले लेखेका छन् । साथै , उनले फिल्म आउँदो वर्ष २०७९ को दसैँमा प्रदर्शन गरिने घोषणा समेत गरेका छन् ।

केही दिन अघि निर्देशक भट्टले सुनिललाई मुम्बईस्थित उनकै अफिसमा भेटेर फिल्म अफर गरेका थिए । त्यस बेला सुनिल सकारात्मक रहेको प्रतिक्रिया उनले दिएका थिए । ‘सुनिल सरले नेपालमा पनि यस किसिमको फिल्म बन्छ ? भनेर प्रश्न गर्नु भयो’, निर्देशक भट्टले भने,’उहाँले हाम्रो सोच र टीमको उद्देश्यलाई हौसला प्रदान गर्नुभयो ।’

निर्देशक भट्टको अनुसार सुनिलको छायाँकन १० दिनको हुनेछ । उनले ५ दिन नेपाल र ५ दिन सक्टल्याण्डमा छायाँकन गर्नेछन् ।

फिल्ममा अनमोल केसी, अनुपविक्रम शाही, नविन लम्साल, प्रियंका थापा, पुष्प खड्का, राज कटवाल लगायत कलाकारको अभिनय रहनेछ ।

एक्सन जनरमा फिल्म निर्देशन गरिरहेका मुकुन्दले अनमोललाई एक्सन स्टारको रुपमा देखाउने तयारीमा छन् । फिल्मको तिहारपछि सुटिङ सुरु गर्ने तयारीमा निर्माण पक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट