रौतहट : हावाहुरीले घर भत्किँदा महिलाको मृत्यु

  डेटूडे खबर डेस्क
  १२ जेठ २०८३

                            

रौतहट । रौतहटमा गएराति आएको तीव्र हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । रौतहटको वृन्दावन नगरपालिका–७ सखुअवा धमौरागढी टोल निवासी ३५ वर्षीया फुलकुमारी यादव आफ्नै घरमा रहेका बेला हावाहुरीका कारण घरको खावा ढलेर गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि गरुडास्थित बेटर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक यादवको घर काठ र बाँसबाट बनाइएको थियो । श

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट