भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              २७ श्रावण २०८१  
  
                        
                            काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।
शिष्टाचार भेटका लागि आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् ।
                        
                     
                    
                  
                            