उपसचिव रविन ढकाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पुगेका छन् । संघीय मामिलाको अतिरिक्तमै रहेका रामहरी पाण्डे राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् । फणिन्द्रप्रसाद पौडेलको रक्षा मन्त्रालयबाट गकृ मनत्रालयमा सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेर मुख्यमन्त्री तथा मनित्रपरिषदको कार्यालय गण्डकीमा कामकाजमा रहेका हरि पंगेनीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगत कार्यरत ईश्वरीराज ढकालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नै सरुवा भएको छ ।
उपसचिव सुरेशराज जोशी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कृष्णप्रसाद चापागाईं गृह मन्त्रालयमा पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका छविलाल पौडेलको गृह मन्त्रालयमा सरुवा भएके छ ।