मल कारखाना खाेल्न अध्ययन भइरहेकाे छ : ओली

  डेटूडे खबर डेस्क
  ०६ भदौ २०८१

                            

 काठमाडाैँ  प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मल उद्योगको लागि अध्ययन भइरहेको बताएका छन् ।

प्रतिनिधिसभामा सांसदहरूकाे प्रश्नको जवाफ दिने क्रममा उनले ६ लाख मेट्रिक टन रासायनिक मल मन्त्रालयले आयात गरी अनुदानमा उपलब्ध गराउने बताए ।

‘नेपालमा मल कारखाना खोल्न विगत देखि नै अध्ययनहरू हुँदै आएका छन् । अहिले पनि लगानी बोर्डले दुईवटा अध्ययन गरिरहेको छ । सरकार स्वदेशमै रासायनिक मल उत्पादनको लागि प्रयासरत छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट