मर्स्याङ्दी नदीमा खसेको बसबाट २९ जनाको उद्धार, ११ जनाको खोजी हुँदै

  डेटूडे खबर डेस्क
  ०७ भदौ २०८१

                            

काठमाडौँ  । तनहुँको आबुखैरेनी नजिक यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्दा २९ जना घाइते भएका छन् । 

तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार उद्धार गरिएका १४ जना घाइते अचेत अवस्थामा छन् भने १५ जना होसमा रहेका छन् । उनीहरूलाई खोलाबाट माथि ल्याउने काम भइरहेको उनले बताए । 

बाँकी ११ जनाको खोजी कार्य भइरहेको रायले जानकारी दिए ।

ऐना पहराबाट युपी एफटी ७६२३ नम्बरको भारतीय यात्रु बाहक बस शुक्रबार मर्स्याङ्दी नदीमा खसेको थियो । बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट