मधेश सरकारसँगको सम्झौतापछि युवाले तोडे अनशन

  डेटूडे खबर डेस्क
  ०७ भदौ २०८१

                            

जनकपुरधाम  । नयाँ कमला पुलको निर्माणको माग गर्दै आमरण अनशनमा बसेका युवाहरुको अनशन मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जुस खुवाएर तोडाएका छन्।

 अनशन बसेका युवाहरुसँग मधेश सरकारले शुक्रबार  ४ बुँदे सम्झौता गरेपछि अनशनकारी युवाहरु आमरण अनशन तोड्न तयार भएका हुन्।

सम्झौतापछि मुख्यमन्त्री सिंहले अनशनमा बसेका युवाहरुलाई जुस खुवाउँदै अनशन तोडाएका हुन्। मधेश सरकार नयाँ कमला पुल निर्माण गर्न प्रदेश सरकार तयार रहेको भन्दै अनशनमा बसेका युवाहरुसँग सम्झौता गरेको  छ।

यसका साथै नयाँ कमला पुलका लागि आवश्यक बजेट आव ०८२/०८३ को वार्षिक बजेटमा संघ सरकारबाट राख्न पहल गर्ने वा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारकै श्रोतबाट ब्यहोर्ने, २०८१ मंसिर १ गते भित्र पुल निर्माणका लागि डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने सहमति छ।

त्यस्तै, नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पुर्ण कार्यक्रम स्थगित गर्ने सम्झौता गरिएको हो। नयाँ कमला पुल निर्माणको माग गर्दै युवाहरु भदौ ४ गते युवाहरु आमरण अनशनमा बसेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट