एक करोड वढी को अवैध सुन चाँदी सहित ४ जना पक्राउ

  डेटूडे खबर डेस्क
  १२ भदौ २०८१

                            

भैरहवा । बाँके प्रहरी ले नेपालगंज उप-महानगरपालिका वडा नं- ११ बी.पी चोक वाट अवैध सुन र चाँदी को गर-गहना सहित ४ जना लाई पक्राउ गर्नु को साथै १ कार नियन्त्रण मा लिएको छ। बरामद गरिएको सम्पुर्ण सुन चाँदी र तस्करी मा प्रयोग गरिएको गाडी सहित को अनुमानित मुल्य १ करोड ५ लाख ३३ हजार ४ सय ४७ रहेको जिल्ला प्रहरी कार्यालय, बाँके ले जनाएको छ।

नेपालगंज उप-महानगरपालिका वडा नं. ११ बी.पी. चोक आसपासमा अवैध सुन चाँदीको कारोबार हुँदै छ भन्ने प्रहरी लाई प्राप्त विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके ले निगरानी वढाएको थियो। खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं ८ बस्ने ४० वर्षिय नेपाली थारुले चलाएको प्रदेश ०३०१- ०२४ च ६७६३ नं . को कारमा सवार रहेका बर्दिया जिल्ला राजापुर न.पा. वडा नं ४ बस्ने ४२ वर्षिय निम प्रकाश सुनारको साथबाट सुन ६७ ग्राम र बाँके जिल्ला नेपालगंज उप- महानगरपालिका वडा नं. ११ बस्ने २१ वर्षिय राहुल सोनारको साथबाट चाँदी १७२ ग्राम तौल रहेको पायलहरु तथा तार समेत बरामद गरेको जनाईएको छ।

निजहरु लाई सवारी साधन सहित नियन्त्रणमा लिई थप अनुसन्धानको क्रममा नेपालगंज उप- महानगरपालिका वडा नं. २ मा रहेको महेश मुराउले संचालन गरेको पशुपती सुन चाँदी रिफाईन कारखानामा तलासी लिईएको बाँके प्रहरी ले थप जनाएको छ। तलासी को क्रममा उक्त कारखाना वाट अवैध सुन ३४० ग्राम र चाँदी १० के.जी. ४४१ ग्राम बरामद गरि उक्त कारखानामा रहेका राप्तीसोनारी गाँउपालिका वडा नं ४ बस्ने २४ वर्षिय ओम जड्ग चौधरीलाई नियन्त्रणमा लिईएको छ।

दुबै स्थान हरु वाट बरामद भएका कुल सुन ४०७ ग्राम, चाँदी १० के.जी. ६१३ ग्राम र नियन्त्रणमा लिईएको सवारी साधन लाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाईएको जिल्ला प्रहरी कार्यालय, बाँक का प्रहरी नायव उपरीक्षक नारायण डाँगी ले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट