सभ्य समाज निर्माणका लागि खेलकुद आवश्यक

  डेटूडे खबर डेस्क
  २२ भदौ २०८१

                            

 जनकपुरधाम ।  मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सभ्य समाज निर्माण गर्न खेलकुद जगतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । आज जनकपुरधाममा आयोजित जिल्ला क्रिकेट सङ्घको वार्षिक साधारणसभामा मण्डलले  आजको युगमा खेलकुद जगत रोजगारी सिर्जनासँगै राष्ट्रको पहिचान बनाउन पनि महत्वपूर्ण रहेको उल्लेख गरे ।

“शिक्षा र स्वाथ्यका लागि मात्र नभइ आजको युगमा खेलकुदबाट राष्ट्रको पहिचान बनाउन र रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ”, सभामुख मण्डलले भने । खेलकुद अनुशासन, संस्कार र स्वस्थ जीवनशैली सिकाउने मूल जरो रहेको बताउँदै उनले पछिल्लो समय क्रिकेटमा नेपाल विश्वस्तरमा प्रख्यात हुँदै गएको उल्लेख गरे । मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष डा सोहन साहले खेलकुदलाई प्रदेश सरकारले प्राथमिकताका साथ योजनामा राखी आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले खेलकुदको विकासका लागि आफू प्रतिबद्ध रहेको बताए । उनले जनकपुरधाम–१४ रजौलमा निर्माणाधीन रङ्गशालाका लागि सङ्घ सरकारले विशेष पहल गर्नुपर्ने आग्रह  समेत गरेका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट