कारबाही नगर्नुको कारण सोध्दै उच्च अदालतले गरे परमादेश जारी

  न्यूज डेस्क
  २५ भदौ २०८१

                            

जनकपुरधाम । दर्ता नरहेका निजी विद्यालयलाई कारबाही नगरेको भन्दै एनप्याब्सनले जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध दिएको मुद्दामा उच्च अदालत जनकपुरधामले कारण देखाउ परमादेश जारी गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले केही महिना बिना दर्ता संचालनमा रहेको निजी विद्यालयहरुलाई कारबाही नगर्नुका कारण सोध्दै उच्च अदालत जनकपुरधामले परमादेश जारी गरेको छ ।

दर्ता नरहेको विद्यालय बन्द हुनुपर्ने माग राख्दै जनकपुरधाम उपमहानगरपालिकालाई एनप्याब्सनलगायतकाले ज्ञापनपत्र बुझाउँदै अनुगमन समेत गरेको थियो ।

तर सो अनुगमनपछि पनि बिना दर्ता संचालनमा रहेका विद्यालयलाई अहिलेसम्म कारबाही नगरिएको भन्दै एनप्याब्सन जनकपुरधाम नगर समितिका अध्यक्ष दीपक ठाकुरले उच्च अदालतमा मुद्दा दिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट