प्राधिकरण अध्यक्ष सिलवाल : प्रदेश सरकारले बीमा गरिदिने संस्कारको विकास हुन जरुरी छ

  न्यूज डेस्क
  २८ भदौ २०८१

                            

वीरगञ्ज । मधेश प्रदेश बाढी र आगजनीको उच्च जोखिममा भए पनि यहाँका जनता भने बीमामा खासै आकर्षित हुन सकिरहेका छैनन् ।

बीमा नगर्दा मनसुनजन्य र आगजनीका घटना भए पनि प्राप्त गर्न सकिने लाभबाट वञ्चित भइरहेका छन् ।

मधेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार छ सय छ भने जीवन बीमा गर्नेको सङ्ख्या भने कुल जनसङ्ख्याको आठ दशमलव ९५ प्रतिशत छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशमा बर्सेनि बाढी र आगजनीका घटना हुने गरे पनि बीमा गर्नेतर्फ सर्वसाधारणको रुचि नभएको बताए ।

“मधेश प्रदेशमा गरिबीको रेखामुनि धेरै सर्वसाधारण छन् । यस्तो अवस्थामा प्रदेश सरकारले बीमा गरिदिने संस्कारको विकास हुन जरुरी छ”, उनले भने।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म मधेश प्रदेशमा निर्जीवन बीमाको जारी बीमालेख सङ्ख्या तीन लाख २६ हजार दुई सय ६७ रहेको छ ।

बीमा शुल्क सङ्कलनमा मधेश प्रदेशको प्रतिशत भने छ दशमलव ४१ प्रतिशत छ । आव २०८०/८१ सम्म मधेश प्रदेशमा सक्रिय बीमालेखको सङ्ख्या पाँच लाख १५ हजार दुई सय ७३ छ।

गत आव सम्ममा यो प्रदेशमा कृषि बीमा गर्ने पनि कम छन् । प्रदेशमा बालीको जारी बीमालेख सङ्ख्या तीन सय ४० छ । त्यस्तै पशुपक्षीको जारी बीमालेख सङ्ख्या ११ हजार पाँच सय ११ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट