सुनको मूल्य फेरी घट्यो

  न्यूज डेस्क
  ०२ असोज २०८१

                            

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. तीन सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु. एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५६ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु. १५ ले घटेको छ । मङ्गलबार प्रतितोला रु. एक हजार नौ सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार आठ सय ९० निर्धारण भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट