काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले उनलाई आज समेत ३ दिन हिरासतमा राख्न अनुमति दिएको जानकारी दिएको छ।
प्रहरीले आज प्रसाईंलाई उनको निवासबाटै नियन्त्रणमा लिएको थियो। साइबर अपराधको मुद्दामा प्रहरीले उनलाई आइतबार दिउँसो निवास भक्तपुरबाटै पक्राउ गरेको हो।
यसैगरी प्रहरीले प्रसाईंका समर्थकलाई पनि पक्राउ गरेको छ। प्रसाईंका २ जना समर्थक झापाबाट र ५ जनालाई काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो। सोही उजुरीका आधारमा सोधपुछका लागि प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो।