मित्र राष्ट्रसँगको भेट उपल्बिधमुलक

  न्यूज डेस्क
  १५ असोज २०८१

                            

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको महासचिव शङ्कर पोखरेलले बताएको छ ।

“ सम्माननीय प्रधानमन्त्रीले अमेरिकामा रहँदा गरेका मित्रराष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँगका अनौपचारिक र औपचारिक भेटले देशको छविलाई अन्तर्राष्ट्रिय जगतमा उजिल्याउन मद्दत पुगेको छ”, उनले भने।

बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख दाखिला गर्ने निर्णय गरेको तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाट कोषमा योगदान गर्न अनुरोध गर्ने निर्णय गरेको जानकारी उनले दिए।

बैठकले राहत र उद्धारका काम युद्धस्तरमा गर्ने निर्णय गर्नका साथै राजधानी काठमाडौं जोड्ने सडक मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर तदनुरुप गर्ने निर्णय गरेको महासचिव पोखरेलले जानकारी गराए।

हालैको बाढीबाट बालीनालीमा भएको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय पनि बैठकले गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट