वीरगन्जको बजारमा सञ्चालित रहेका पसलमा उपभत्ताको उपस्थिति अत्यन्त न्यून

  न्यूज डेस्क
  २० असोज २०८१

                            

बिरगन्ज । दिनभरि पसलमा बस्दा समेत बोहनी गर्न कठिनाइ भएको नेपालको आर्थिक राजधानी र मुख्य व्यापारिक नाका रहेको वीरगन्जका खुद्रा व्यपारिलेहरुले आफ्नो दुखेसो पोखेका छन् । नेपालीहरूको सबै भन्दा ठुलो चाड बडा दशैँ आएसगैं बजारमा व्यक्तिको चहलपहल बढे पनि लत्ता कपडा र खाद्य बस्तुको कारोबार भने बढन नसकेको व्यपारिहरुको भनाई छ।

नेपालीहरूको सबै भन्दा ठुलो पर्व बडा दशैँको बेला समेत वीरगन्जको बजारमा सञ्चालित रहेका कपडा तथा खाद्य बस्तुका पसलमा उपभत्ताको उपस्थिति अत्यन्त न्यून देखिएको छ।

पर्वकारलागि आवश्यक लत्ता कपडा तथा खाद्य बस्तुको खरिद नेपाली उपभोक्ता सीमावर्ती भारतीय शहर रक्सौलको बजारबाट गर्न थालेपछि वीरगन्जमा सञ्चालित रहेका पसलहरू सुनसान देखिएका हुन्।

नेपाल र भारत बिच लत्ता कपडा तथा खाद्य बस्तुको मूल्यमा देखिएको अन्तरका कारण वीरगन्जको खुद्रा व्यापार दिनानुदिन खस्किँदै गएको व्यपारिहरु बत्ताउँछन्।

सीमावर्ती भारतीय शहर रक्सौलबाट खरिद गरिएका लत्ता कपडा तथा खाद्य बस्तु सहजै नेपाल भित्र्याउन पाएपछि उपभोक्ता भारतीय बजार तर्फ नै  केन्द्रित भएको व्यवसायिहरुको भनाई रहेको छ। यस्तै अवस्था रहे छठ पर्वपछि वीरगन्जमा सञ्चालित रहेका ३० देखि ४० प्रतिशत खुद्रा पसल बन्द हुने व्यपारिहरु बत्ताउँछन्।

नेपालको तुलनामा भारतीय बजारमा खाद्य बस्तु तथा लत्ता कपडाको मूल्यमा २५ देखि ३० प्रतिशत अन्तर देखिएपछि नेपाली उपभोत्ता भारतीय बजार तर्फ आकर्षित भएका हुन ।

लत्ता कपडा तथा खाद्य बस्तुमा लाग्ने भन्सार महसुलको दरबन्दिरमा नेपाल सरकारले पूर्नविचार नगरे सिम क्षेत्रमा सञ्चालित रहेका खुद्रा व्यापार धारासायि हुने व्यपारिहरुको भनाई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट