राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी

  डेटूडे खबर डेस्क
  ०८ असोज २०८२

                            

काठमाण्डाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी गरेका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिशमा राष्ट्रपति पौडेलले आज मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्।

सरकारले आउँदो फागुन २१ गतेका लागि प्रतिनिधिसभाको चुनाव तोकेको छ । सरकारले चुनावको घोषणा गरेसँगै नयाँ मतदाताको नाम सङ्कलनको बाटो खुला गर्न अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।

अहिले संसद् नभएकाले अन्तरिम सरकारले अध्यादेशकै आधारमा काम कारबाही अघि बढाउनुपर्ने बाध्यता छ । अन्तरिम सरकारले पहिलो अध्यादेश ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट