सुनसरीमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन
डेटूडे खबर डेस्क
११ श्रावण २०८३
सुनसरी- सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्न थालेपछि नेपाली सेना परिचालन गरिएको छ ।
परिस्थिति नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको हो । बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेना परिचालन गरेपछि स्थिति नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ ।
बिहानदेखि कर्फ्यु अवज्ञा गर्दै सडकमा उत्रिएपछि स्थितिमा नियन्त्रणमा लिन सेना परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन भए पनि बढ्दो भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गर्नु परेको घिमिरेले बताए ।सुनसरीको देवानगञ्जमा गएराति प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए ।दुई पक्षवीच भएको झडपपछि सिर्जना भएको समस्याको समाधान खोज्न प्रमुख जिल्ला अधिकारीको सक्रियतामा सर्वपक्षीय छलफल जारी छ ।।
