कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो
डेटूडे खबर डेस्क
२५ कार्तिक २०८१
काठमाडाैँ । पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लीलाबल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । आईतवार विराटनगरमा निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइएको हो ।
मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उनलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो । जापान भ्रमण मन्त्रीपरिषद्बाट स्वीकृत नगराएर आफूसँग असम्बन्धित मानिसहरु लिएर गएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।