मधेशी शहीद प्रतिष्ठानका सदस्य यादव मृत भेटिए

  डेटूडे खबर डेस्क
  २० फाल्गुण २०८१

                            

जनकपुरधाम । मधेसी शहीद प्रतिष्ठानका सदस्य नरेश यादव आज  मृत अवस्थामा भेटिएका छन् । मधेश भवन परिसर भित्रै रहेको आवासमा यादव  आफ्नै ओछ्यानमा मृत भेटिएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । 

मृत भेटिएका यादव कोठा भित्रै वान्ता गरेको समेत पाइएको छ । मृत्युको कारण भने अहिले खुलेको छैन् ।

शव बिहानै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपश्चात उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट