मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
डेटूडे खबर डेस्क
१९ मंसिर २०८२
जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादव मुख्यमन्त्री नियुक्त भएको हो । कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता यादवले यसअघि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । उनले ७७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन ।
