कैदीबन्दीको आन्दोलनपछि फिर्ता पठाइए गिरी

  डेटूडे खबर डेस्क
  २२ कार्तिक २०७८

                            

जनकपुरधाम । सरकारले मोरङ कारागार स्थानान्तरण गरी ल्याएका अपहरण तथा शरीर बन्धक मुद्दाका कैदी ‘गुन्डा नाइके’ अभिषेक गिरीलाई कैदीबन्दीको आन्दोलनपछि सप्तरी कारागार पठाइएको छ ।

काठमाडौंस्थित डिल्लीबजार कारागारबाट स्थानान्तरण गरी गिरीलाई विराटनगर कारागारमा ल्याइएको थियो । यसअघि मोरङ कारागारमा चौकीदारसमेत रहेका गिरीले कैदीबन्दीलाई कुटपिट गर्दै यातना दिएको घटना बाहिरिएपछि साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्लीबजार कारागार स्थानान्तरण गरिएको थियो । गिरीले पुनः दुःख दिने डरले कैदीबन्दी आन्दोलित बनेको जनाइएको छ ।

तर आन्दोलनको भित्री कारण भने फरक छ । ९ सय ७२ कैदीबन्दी भएको मोरङ कारागारभित्र चौकीदार र नाइकेले गर्दै आएको आम्दानी र त्यसमा कारागार प्रशासनले पाउने हिस्सा नै आन्दोलनको प्रमुख कारण भएको एक कैदीले बताए । अहिलेका चौकीदार किरण गुरुङले कारागारभित्र गरेको आम्दानी कारागार प्रशासनलाई पनि बाँड्ने गरेको तर गिरी चौकीदार हुँदा आम्दानी एक्लैले खाने गरेकाले कारागार प्रशासनको उक्साहटमा आन्दोलन भइरहेको कैदीबन्दीको भनाइ छ ।

कांग्रेसनिकट रहेका गिरीलाई गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा मोरङ कारागार ल्याइएको स्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट