कानून निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छ : सभामुख अर्याल

  डेटूडे खबर डेस्क
  २३ जेठ २०८३

                            

 कैलाली । सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवम् सहकार्य हुनुपर्ने बताएका छन् ।

अन्तर व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा आज आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा अर्यालले सङ्घीयता कार्यान्वयनमा सङ्घीय संसद् र प्रदेशसभाबीच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताए। 

तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाझिने गरी कानून निर्माण हुनुपर्नेमा उनको जोड छ । सभामुख अर्यालले सङ्घीयताले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने भनिए भए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताए ।  यस्तै कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पालिका र प्रदेशसँग सङ्घीय सरकारको समन्वय नपुगेको गुनासोलाई सङ्घीय संसद्ले सम्बोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । सङ्घले आवश्यक कानून नबनाउँदा प्रदेश र पालिकालाई समस्या भएको स्वीकार गर्दै उनले संवैधानिक अधिकारसहित प्रदेश र पालिकालाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट