राष्ट्रिय सभा चुनावमा २ हजार ७ सय मत खस्याे, केही प्रदेशमा गणना सुरु

  डेटूडे खबर डेस्क
  १२ माघ २०७८

                            

जनकपुरधाम । राष्ट्रिय सभा सदस्यको १९ रिक्त पदका लागि आज बुधवार भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार चुनावमा दुई हजार सात मत खसेको छ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भएको हो । चुनाव सकिएलगत्तै कतिपय प्रदेशमा मत गणनासमेत सुरु भएको छ ।

आउँदाे फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि चुनाव भएको हो । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै चुनाव गर्नुपर्ने प्रावधान छ । 

कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा,  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चुनाव प्रतिस्पर्धामा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट