एमसीसी बारे प्रधानमन्त्री देउवाले गरे आन्तरिक छलफल
डेटूडे खबर डेस्क
२१ माघ २०७८
जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी आन्तरिक छलफल गरेका छन् ।
प्रधानमन्त्री देउवाले एमसीसी पास गराउन गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र कांग्रेस संसदीय दलकी सचेक पुष्पा भुसाललाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।कांग्रेस पाटी सभापति समेत रहेका देउवाले स्थानीय निर्वाचन र एमसीसीबारे छलफल गरेको हुन् । अब बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गराउने देउवाको तयारी छ ।