स्वर कोकिला लता मंगेशकर पञ्चतत्वमा विलय

  डेटूडे खबर डेस्क
  २३ माघ २०७८

                            

मुम्बइ । वरिष्ठ गायिका भारतरत्न लता मंगेशकरको आइतबार साँझ राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

लताजीको शव दिउँसो प्रभुकुञ्ज भवनमा रहेको उनको घरमा लगिएको थियो । त्यहाँ उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि राखिएको थियो ।

उनको पार्थिव शरीरलाई सेनाको फूलले सजाइएको ट्रकमा अपराह्न ४ बजे शिवाजी पार्क लगिएको थियो । त्यहाँ उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि राखिएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको अन्तिम दर्शन गरेका थिए ।

लता मंगेशकरको साँझ ७.१५ बजे सम्पूर्ण कोभिड प्रोटोकल पालना गरी पूर्ण राज्य सम्मानका साथ अन्त्येष्टि गरिएको थियो। लता मंगेशकरका भाइ हृदयनाथ मंगेशकरले मुख अग्नि दिएका थिए। भारतको तिरङ्गामा बेरिएर लता मंगेशकर आफ्नो अन्तिम यात्रामा निस्किइन् । लताको अन्तिम संस्कारका लागि हजारौं मानिस भेला भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट