संघीय सरकारले निकालेको प्रहरी भर्ना विज्ञापनविरुद्ध मधेस सरकारद्वारा सर्वाेच्चमा मुद्दा
.jpg)
डेटूडे खबर डेस्क
०६ फाल्गुण २०७८
जनकपुरधाम । संघीय सरकारले ठूलो संख्यामा निकालेको प्रहरी भर्ना विज्ञापनविरुद्ध मधेश सरकारका तर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शुक्रबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।
प्रहरी भर्ना विज्ञापनविरुद्ध प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाई मधेस प्रदेश सरकारले मुद्दा हालेको हो।
प्रहरी कर्मचारी समायोजन ऐन २०७६, विपरीत प्रहरी प्रधान कार्यालयले गत मंसिर १० गते ठूलो संख्यामा प्रहरी निरीक्षकदेखि भान्सेसम्मका पदमा भर्ना खुलाएको थियाे।