एमसीसीबारे नेकपा एकीकृत समाजवादीमा आन्तरिक विवाद

डेटूडे खबर डेस्क
०९ फाल्गुण २०७८
जनकपुरधाम । एमसीसीबारे आन्तरिक विवाद भएपछि नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाएको पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
सत्ता गठबन्धन दल समाजवादीमा एमसिसीलाई लिएर मत बाझिएपछि बैठक बोलाइको हो । हिजो बिहान बसेको गठबन्धन दलको बैठकले संसदमा एमसीसी टेबल गर्ने निर्णय गरेर टेबल भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले चर्को असन्तुष्टि जनाएका थिए ।
उनले संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए । यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो ।