नेपाल बारको निर्वाचन तालिका प्रकाशित, आज मतदाता नामावली सार्वजनिक

  डेटूडे खबर डेस्क
  १० फाल्गुण २०७८

                            

जनकपुरधाम । नेपाल बार एसोसिएसनले आगामी चैत १९ गते हुने निर्वाचनको तालिका प्रकाशित गरेको छ । तालिका अनुसार बारले मंगलबार  मतदाता नामावली प्रकाशित गर्ने छ।

तालिका अनुसार, २३ फागुन २०७८ मा उमेद्वारी मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसपछि करिब तीन साताभन्दा बढी प्रचारप्रसारका लागि समयावधि मिलाइएको छ ।

१९ चैतमा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ । बारले निर्वाचन केन्द्र पनि तोकेको छ । बारको अहिलेको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट