काँग्रेस धनुषाको अधिवेशन २३ गते

  डेटूडे खबर डेस्क
  १३ फाल्गुण २०७८

                            

नेपाली काँग्रेस धनुषाको जिल्ला अधिवेशन फागुन २३ मा गर्ने निर्णय भएको छ । जनकपुरधामस्थित काँग्रेस धनुषाको बसेको बैठकले जिल्ला अधिवेशन फागुन २३ मा गर्ने निर्णय गरेको हो ।

मधेस प्रदेशलगायत विभिन्न १६ जिल्लामा हुन बाँकी रहेको जिल्ला अधिवेशनको मिति पटक–पटक सर्दै आएको छ । पछिल्लो पटक फागुन १५ मा हुने भनिएको जिल्ला अधिवेशन विभिन्न कारण देखाउँदै २० गतेलाई सारिएको जानकारीसहित पत्र काँग्रेस केन्द्रीय कार्यसमितिले पठाएको छ । तर केन्द्रीय समितिले तोकेको मितिमा जिल्ला अधिवेशन गर्न प्राविधिक समस्या रहेकाले जिल्लाको बैठक बसेर मिति निर्धारण गरिएको सभापति महेशशंकर गिरीले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यहरु एमसीसीको विषयमा १६ गते सदनमा हुने छलफलमा सहभागी हुने तथा १९ गते मिथिलाको महत्वपूर्ण धार्मिक पदयात्रा माध्यमिकी परिक्रमा प्रारम्भ हुने भएकाले जिल्ला अधिवेशन सारिएको उनले बताए । काँग्रेस धनुषाले २० गते उम्मेदवारी दर्ता, २१ गते दावी विरोध तथा उम्मेदवारी फिर्ता, २२ गते निर्वाचनको अन्तिम नामावली प्रकाशन र २३ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट