एमसीसी सम्झौताबारे जसपाको निर्णय आज

डेटूडे खबर समाचारदाता
१४ फाल्गुण २०७८
१४ फागुन जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताबारे आज निर्णय गर्ने भएको छ ।
केन्द्रीय कार्यकारिणी समितिको आजको बैठकले एमसीसी सम्झौताबारे निर्णय लिने प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताएका छन् । शुक्रबारको बैठकमा एमसीसी सम्झौता अध्ययन गर्न कार्यकारिणी सदस्यहरुलाई वितरण गरिएको थियो ।
आजको बैठकमा सदस्यहरुले आ–आफ्ना धारणा राख्ने र पार्टीको आधिकारिक धारणा तय गर्ने नेताहरुले बताएका छन् ।
संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने अभिव्यक्ति दिंदै आएका छन् । तर पार्टी अध्यक्ष उपेन्द्र यादव यस विषयमा मौन छन् ।