संसदमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस

  डेटूडे खबर डेस्क
  १८ फाल्गुण २०७८

                            

जनकपुरधाम । प्रतिनिधि सभाकाे बैठकमा ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस भएकाे छ । आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्नुभएकाे हाे ।  

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस भएसँगै आजकाे बैठक स्थगित भएकाे छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गर्नुभएको हो । बैठक पाँच मिनेट बसेर स्थगित भएको हो । आजकाे बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवराेध कायम राखेकाे छ ।

गएकाे आइतवार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएपछि आज पहिलो पटक संसद् बैठक बसेकाे हाे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट