भण्डारीको नेतृत्वमा गठन भएको नगर कमिटी आधिकारिक रहेको रघुविर महासेठ पक्षधरकाे दावी

  डेटूडे खबर डेस्क
  २१ फाल्गुण २०७८

                            

जनकपुरधाम । नेकपा एमाले पार्टीका सचिव रघुविर महासेठ पक्षधरले जनकपुरधाम उपमहानगरपालिकाको अधिवेशनबाट गठन गरेको कमिटी आधिकारिक रहेको एक विज्ञप्ती मार्फत दावि गरेका हुन ।

नेकपा एमाले पार्टीका जनकपुरधाम उपमहानगरपालिकाका नगर सचिव राजु कुमार साहले विज्ञप्ती जारी गरेर सुरेन्द्र भण्डारीको नेतृत्वमा गठन भएको कमिटी नै आधिकारिक भएको दावी गरेका हुन् ।

नेता महासेठ पक्षधरले समानान्तर कमिटी घोषणा गरेको भन्ने समाचारहरु सम्प्रेषण पश्चात भण्डारी नेतृत्वकै कमिटीमा सचिव रहेका साहले विज्ञप्तीमार्फत आफ्नो कमिटी बहुमतको आधारमा गठन भएको स्पष्टोक्ति दिएका छन् ।

‘लोकतान्त्रिक प्रणालीमा सर्वसम्मत सम्भव नभएपछि बहुमतको सम्मान हुनु पर्दछ’, जारी विज्ञप्तीमा भनिएको छ, ‘जनकपुरधाम उपमहानगरकै कुल २५ मध्ये २३ वडा कमिटिका सभापतीहरु समेतको उपस्थितीमा भएको अधिवेशनले नगर कमिटि गठन गरेको पुनः यहाँहरु समक्ष निवेदन गर्न चाहन्छु विज्ञप्तीमा भनिएको छ ।

यस्तै पार्टीका धनुषा जिल्ला उपसचिव श्याम पूर्वेको अध्यक्षता, पोलीट ब्यूरो सदस्य तथा पूर्व मन्त्री जुली महतोको प्रमुख अतिथ्य र जिल्ला इन्चार्ज, जिल्ला सह-इन्चार्ज, जिल्ला सचिव, बयोवृद्ध नेताहरु, प्रदेश सांसद, केन्द्रिय प्रदेश, जिल्ला, पालिका र वडाका नेताहरु सहितको उपस्थितिमा भण्डारीको नेतृत्वमा विधि पूर्वक कमिटी गठन गरिएको दावी पनि विज्ञप्तीमा गरिएको छ ।

भण्डारी नेतृत्वको नगर कमिटिलाई आधिकारिक दावी गर्न पुनः हस्ताक्षर संकलन गरिएको छ । लोकतन्त्रको विधि र प्रक्रिया अनुसार सर्वसम्मत नभएको खण्डमा बहुमतको निर्णय नै सर्वोपरी हुने भन्दै त्यसैलाई आधार मानेर कमिटी गठन गरिएको नेता महासेठ पक्षको दावी छ । महासेठ पक्षले भण्डारीको नेतृत्वमा नगर कमिटी घोषणा गर्नुअघि एमाले नेता रघुवंश झा पक्षले शुभनारायण मण्डलको नेतृत्वमा ८५ सदस्यीय कमिटी घोषणा गरेको थियो । महासेठ पक्षले बहुमत हासिल गरेको दावी गरेपनि झा पक्षले अहिलेसम्म यसविषयमा केहि बोलेका छैन ।

bigyapti raju

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट