परराष्ट्रमन्त्री खड्काद्वारा शपथ

डेटूडे खबर डेस्क
०६ असोज २०७८
६ असोज २०७८, डेटूडे खबर ।
काठमाडौँ : नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनीयताको शपथ गराएकोछ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारी समक्ष मन्त्री खड्काले शपथ लिएका छन् ।
समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीगण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित थिए । मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेको छ ।