गौर नरसंहार पुनः मचाउने धम्की दिएकी मन्त्री यादवलाई अझै भएन कारवाही

  डेटूडे खबर डेस्क
  ०२ चैत्र २०७८

                            

जनकपुरधाम । केही दिन अगाडी बलिदानी दिवसको अवसरमा  श्रद्धाञ्जलीसभामा सार्वजनिक कार्यक्रममै गौर नरसंहार मचाउने अभिव्यक्ति दिएकी नेपाल सरकारकी  भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई अहिलेसम्म कुनै कारवाही भएको छैन् ।

राजनीतिक प्रभावका कारण उनीमाथि दिइएको मुद्दाको प्रक्रिया अगाडी बढेको छैन् ।बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनका कार्यकर्ताहरुलाई लक्षित गरेर आफुहरुको कार्यक्रममा अवरोध सृजना गरेको खण्डमा फेरि गौर नरसंहार मच्याई दिने अभिव्यक्ति दिएकी थिइन् । तर यस घटनाको दुई महिना हुन लाग्दा समेत उनीमाथि कुनै कारवाही भएको छैन् ।

मन्त्री यादवको अभिव्यक्ति पश्चात उनको चातर्फी आलोचना मात्र नभई  उनको राजिनामाको माग समेत  गरेका थिए तर त्यस्तो केही भएको छैन ।

नेपाली काग्रेसका नेता तथा संविधानसभा सदस्य रंजित कर्णले हुलाक मार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दर्ता गराएका थिए । तर अहिले सम्म २ महिना हुन लाग्दा पनि मुद्दाको प्रक्रिया अगाडि बढन सकेको छैन ।

उनले आफुले मुद्दालाई उठाई दिने बाकी काम सरकारी निकायको रहेको बताए ।

यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले हुलाकी मार्फत आउने निवेदनहरुलाई सनाखतको लागि हुलाक मार्फत नै पत्र पठाउने गरिएको बताउदै मुद्दाको अन्य प्रक्रियाहरु कहा पुगेको हो बुुझनै पर्ने बताए ।

मन्त्री यादवमाथि राजिनामा दिन चर्को दवाव परेपछि राष्ट्रिय मानव अधिकार आयोगले माघ २० गते  मन्त्रीलाई बोलाएर स्ष्टीकरण लिएको थियो ।

मन्त्री यादवले श्रद्धाञ्जलीसभामा आफूले दिएको अभिव्यक्ति  असन्तुलित हुन पुगे पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको, हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको स्पष्टीकरण पनि  दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट