भारतका लागि नेपाली राजदूतमा शङ्कर शर्मा नियुक्त

  डेटूडे खबर डेस्क
  ०६ चैत्र २०७८

                            

जनकपुरधाम । डा. शङ्कर शर्मा गणतन्त्र भारतका लागि नेपालकाे आवासीय राजदूतमा नियुक्त हुनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार शर्मालाई भारतकाे राजदूतमा नियुक्त गर्नुभएको छ । 

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उहाँलाई नियुक्त गर्नुभएको हो । 

मन्त्रिपरिषद्को गएकाे मङ्सिर १० गतेको बैठकले शर्मालाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उहाँ संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत हुनुहुन्थ्यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट