जसपा नेपालको समायोजन सम्पन्न,धनुषाका अध्यक्षमा पशुपति चयन

  डेटूडे खबर डेस्क
  ०७ चैत्र २०७८

                            

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालले  मधेश प्रदेशको राजधानीको धनुषामा पुर्व राजपा नेपाल बाट जसपा समायोजन कार्यक्रम सम्पन्न भएको छ।आइतबार जनकपुरधामको रौनियार सेवा समितिको सभाहलमा  सम्पन्न कार्यक्रममा जसपाले पशुपति यादवको अध्यक्षतामा १८५ सदस्यीय नयाँ धनुषाको जिल्ला समन्वय समिति समेत चयन भएको छ।

पशुपाति यादव अध्यक्षता र जसपा पार्टी नेपालको अध्यक्ष एवंम् पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको  प्रमुख आतिथ्यतामा सम्पन्न समायोजनको अध्यक्ष पुन: पशुपति यादव चयन भएका छन,यादवको नेतृत्वमा १८५  सदस्य चयन भएको छ । उपाध्यक्षमा अम्भु प्रसाद साह,चन्द्रदिप गोईत,राम बहादुर साह, सह-सचिव रामशंकर पासवान, मनोज दास, ललित कुमार मण्डल र कोषाध्यक्षमा नजामुद्दीन अन्सारी निर्विरोध चयन भएका छन।

कार्यक्रममा जसपाका समन्वय समितिका जिल्ला अध्यक्ष पशुपति यादवले जनता समाजवादी पार्टीनै संघीयता ल्याउने पहिलो पार्टी रहेको दावी गरे।उनले नेपालमा व्याप्त बर्गीय विभेदलाई जरो देखि उखाल्न जसपाको नेत्रीत्व चाहिने बताए।

कार्यक्रममा प्रमुख अतिथी यादवले  नवगठित समितिलाई बधाई दिदै जसपाले नेतृत्वमा महिलालाई समानरुपले समेट्ने जिकिर गरिन।महिला सहभागीतालाई समेत नेतृत्वमा ल्याउनु आजको आवश्यकता हो ।

त्यस्तै कार्यक्रममा केन्द्रीय कार्यकारीणी  सदस्य एवंम् नेपाल सरकारको कृषि मन्त्री महेन्द्र राय यादव,लगायतले मन्तब्य राखेका थिए।

सो कार्यक्रममा पुर्व कृषि मन्त्री हरिनारायण यादव, जनकपुरधाम उप – महानगरपालिकाका नगर प्रमुख लाल किशोर साह जसपा पार्टी नेपालका नेता तथा कार्यक्रताको उपस्थिमा समायोजन कार्यक्रम सम्पन्न भयो ।

 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट